spot_img

राप्ती सोनारीका सबै वडाबाट : राष्ट्रिय परिचयपत्र बन्ने

खिम प्रकाश डि.सी
राप्तीसोनारी, १९ माघ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिकाका सबै वडाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । बिहिबार राप्ती सोनारी गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजन गरेको कार्यक्रममा बोल्दै सहायक जिल्ला अधिकारी तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग बाँके जिल्ला संयोजक हरि प्रसाद शर्माले राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र भएको बताए ।
राष्ट्रिय परिचयपत्रलाई अहिले राहदानी र नागरिकता संग जोडिएकोले विदेश जानेहरुका लागि महत्वपूर्ण छ ।
अब सबै प्रकारका सरकारी कामहरु गर्दा राष्ट्रिय परिचयपत्र चाहिने भएकोले सबै नेपालीहरुको हात हातमा हुनु पर्ने बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको स्थापनाको उद्देश्यहरु, राष्ट्रिय परिचयपत्र बनाउदा के के विवरण समावेश गर्नु पर्दछ, राष्ट्रिय परिचयपत्र प्रणालीको उद्देश्य, राष्ट्रिय परिचयपत्र पाउनका लागि कस्तो योग्यता चाहिन्छ र प्राप्त गर्न के गर्नुपर्छ, राष्ट्रिय परिचयपत्रबाट नेपाली नागरिकलाई के फाइदा हुन्छ, राष्ट्रिय परिचयपत्रको प्रयोगकर्ता को को हुन सक्छन् र राष्ट्रिय परिचयपत्र कहाँबाट वितरण गरिन्छ भन्ने कुरालाई सहायक जिल्ला अधिकारी शर्माले प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, वडा न. २ का वडा अध्यक्ष ज्ञनेन्द्र राज वली, वडा न. ३ का वडा अध्यक्ष मिन कुमार थारु, वडम न. ४ का वडा अध्यक्ष मिनकुमार खड्का, वडा न. ५ का वडा अध्यक्ष झगरु थारु, वडा न. ६ का वडा अध्यक्ष लबराज खरेल, वडा न. ७ का वडा अध्यक्ष राम लखन थारु, वडा न. ८ का वडा अध्यक्ष सालिक राम डाँगी, वडा न. ९ का वडा अध्यक्ष सोहन लाल थारु र सबै वडाका वडा सचिवहरु समेतको उपसथिती रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.