राप्तीसोनारी- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले थारूलाई मात्र अपराधी देखेको आरोप लागाएकी छिन् । विहिवार पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि रन्जिताले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
रन्जिताले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् । ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’,उनले लेखेकी छन् ।
कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीले ट्र्याक्टरमा आगो लगाएको आरोपमा बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।