spot_img

दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

राप्तीसोनारी- दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । घरमा उहाँहरू दुईजना मात्रै बस्दै आउनुभएको रहेछ । विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ, डीएसपी लम्सालले भने ।

स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए । गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए । प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.