spot_img

नेपालगञ्जमा हिमालयन साइन्स फेस्टिवल सुरु

राप्तीसोनारी– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेको युग प्रविधिको युग भएकाले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनुपर्ने अवस्था रहेको बताएकी छिन् । मन्त्री शर्माले राज्यले अब नयाँ खोज, अनुसन्धान र प्रविधिको विकासका योजना बनाएर काम गर्ने बताइन् ।

नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेका विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको हिमालयन साइन्स फेस्टिवलको दोस्रो संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको खोज र अनुसन्धानमा लागेका व्यक्तिहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताइन् । मन्त्री शर्माले यस्ता फेस्टिवलले विद्यार्थीहरुमा नयाँ उर्जा र हौसला थप्ने काम गरेको उल्लेख गरिन् । प्रविधिको प्रयोग गर्दै रिमोटबाट दिप प्रज्ज्वलन गरेर प्रमुख अतिथि शर्माले फेस्टिवलको उद्घाटन गरेकी थिइन् ।

फेस्टिवलमा विद्यालय स्तरका विद्यार्थीले आविष्कार गरेका विभिन्न ३५ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको छ । भोली फेस्टिवलको समापनका अवसरमा उत्कृष्ट प्रोजेक्टहरुलाई आयोजकले पुरस्कृत गर्नेछ । कक्षा ८ देखि १२ सम्मका सरकारी र निजी विद्यालयका विद्यार्थीले आविष्कार गरेका विज्ञान र प्रविधिका ‘फोटोटाइप’ प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको छ । फेस्टिवलमा विभिन्न ९ विधामा विद्यार्थीले प्रोजेक्ट राखेका छन् ।

फेस्टिवललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने प्याब्सन बाँके, प्याब्सन नेपालगञ्ज र विज्ञान शिक्षक समाज नेपालले सहयोग गरेको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.