खिम प्रकाश डि.सी
राप्तीसोनारी- राप्ती सोनारी वडा न. ४ को सिमा बस्तीका ८ वटा गाउँमा बाँकेको सिंगो सुरक्षा प्रमुखहरुले निरिक्षण गरेका छन् । मंगलबार एका बिहानै निकै विकट मानिने सिमा बस्तीहरुमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश विक्रम शाही, राष्ट्यि अनुसन्धान प्रहरी उपरिक्षक मोहन कवर लगायत सुरक्षा निकायका प्रमुखहरुले अनुगमन तथा निरिक्षण गरेका हुन ।
बाँकेमा सरुवा भएर आएको केहि दिन पछि सिडिओ र प्रहरी प्रमुख सहितको टोलीले निरिक्षण गरेको थियो ।
मोटरसाईकलमै पुगेका सुरक्षा निकायका प्रमुखहरुले झुरहवा, खैयर भट्टी, बाँसखोली, महेशपुर, गुर्दनगौरी, कोल्टे पानी लगायतका ८ वटा गाउँको निरिक्षण गरेका थिए ।
निरिक्षणको क्रममा स्थानीय बासिन्दाहरुले सिमाको समस्या, खानेपानी, संचार, खाद्यान्न, लगायतका समस्यै समस्या सुनाएका थिए । निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले भारतीय पक्ष बाट हुने समस्या, बन ऐनको समस्या, खानेपानी, सुरक्षा लगायतका समस्याको प्रत्याभुत हुने गरि सबैको ध्यान केन्द्रित भएको बताए ।
सशस्त्र विओपी अहिले महेशपुरमा स्थापना भएको र पुन एउटा झुरहवामा थप्ने पहल भइरहेको उल्लेख गरे । राज्यले दिने नागरिकता , परिचय पत्र, मतदाता परिचय पत्रको लागी पनि राज्यले शिविर चलाएर त्यस क्षेत्रमा सहज गर्ने प्रजिअ आचार्यले प्रतिवद्धता जनाए ।
बाँकेका प्रहरी प्रमुख राठौरले शान्ति सुरक्षा अमन चयनका लागी नेपाल प्रहरीको अस्थायी पोष्टको आवश्यकता रहेको उल्लेख गर्दै नेपल प्रहरीको बैजापुर र सुईयाको टोली सुरक्षामा तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा पत्रकार हेमन्त चौधरी, वडा न. ४ का वडा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।