नेपालगंन्ज- नेपाल कम्युनिस्ट पार्टी बाँकेको आयोजनामा पछिल्लो पटक मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर, किसान, उद्योगी, व्यापारीहरु सडकमा आउने स्थिति आएको भन्दै त्यसका विरुद्ध नेकपा बाँकेले विरोध प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर, बैंक वित्तीय संस्थाहरुको आतंक बन्द गर, भ्रष्टाचार नियन्त्रण गर्न, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।
जनताका जनजीविकासँग जोडिएका विषयलाई राज्यले सहज तुल्याउनु पर्ने नेकपाले माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको बाँके जिल्ला ईन्चार रणदिप सीले जानकारी दिएका हुन ।
उक्त कार्यक्रममा बाँके जिल्ला इन्चार्ज रणदिप सी जिल्ला सचिव कल्पन सी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेका थियो ।