spot_img

जनता मावि पूर्व विद्यार्थी समाजको नेत्तृत्वमा पुन : शर्मा

राप्तीसोनारी- बाँकेको खजुरामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । स्थापनाको छोटो समयमा जनतामा।वि। पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा उल्लेख्य कार्य गर्न सफल बनेको साधारण सभामा बोल्ने अधिकाशले बताएका थिए ।

समाजका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथी रहेका लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रिले विद्यालयको विकास समृद्धि र स्तर उन्नतीको लागी आफ्नो हरदम प्रयास रहने बताए । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै प्रदेश सांसद खत्रिले विद्यालयलाई थप सिर्जनशिल बनाउन पहलकदमी भुमिका निर्वाह गर्न आफु अचुक्ने प्रतिवद्धता जनाए । पुर्व विद्यार्थि समेत रहेका सांम्सद खत्रिले नयाँ विद्यार्थिहरुलाई उत्कृष्ट बनाउन सबैले पहल गर्न आग्रह गरे ।

२०७९ असोज ८ गते गठन गरिएको पूर्व विद्यार्थी समाजले स्थापना देखि हाल सम्मको प्रगति तथा आर्थिक प्रतिवेदन साथै आगामी आर्थिक वर्ष २०८०/०८१को प्रस्तावित कार्यक्रम र वजेट समेत प्रस्तुत गरेको थियो ।

प्रगति प्रतिवेदन प्रस्तावित कार्यक्रम सचिव ई। विवेक लामिछाने र आर्थिक प्रतिवेदन र प्रस्तावित वजेट कोषाध्यक्ष ऋचालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै खजुरा खेलकुद समितिका सदस्य सचिव छवीलाल विष्ठले पूर्व विद्यार्थीहरुको यस प्रकारको कामले समाज र दुर्वसनीमा लाग्ने युवायुवतीहरुलाई समेत सहि बाटोमा ल्याउन सक्ने प्रेरणा प्रदान गरेको बताए । खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम वुढाथोकीले समाजले साचिकै सकारात्मक सन्देश दिने कार्यक्रमहरु संचालन गरेको बताउदै निरन्तरताको लागि आग्रह गरे ।

समाजका सल्लाकार तथा पुर्व विद्यार्थि डा। पिताम्वर सुवदी र लालवहादुर खत्रीले सवैको साझाचौतारी बनिरहन सफल रहोस भन्दै शुभकामना दिए । सवैलाई समेट्ने गरि समाजको कार्यक्रमहरु तय गर्न सुझाव दिए । पूर्व विद्यार्थी तथा हाल राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले हाम्रो यो सकारात्मक कार्यले भावी सन्ततीलाई सहीमार्ग निर्र्देशन गर्ने वताए । देवकोटाले समाजको आगामि कार्यक्रम सफलताका लागि १५ हजार रुपैया पनि सहयोग गरे । खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा। इन्द्र भण्डारीले थप क्षेत्र फराकिलो बनाएर अगाडी वढ्न सुझाव दिए ।

साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफुहरु पूर्व विद्यार्थी समाजसंग सहकार्य गर्दै अगाडी वढ्न सधै तयार रहेको वताएका थिए । कार्यक्रममापूर्व विद्यार्थी समाजले अन्तराष्ट्रिय जगतमा खेलको माध्यमद्धारा विद्यालय, समाज र राष्ट्रलाई पहिचान दिलाउने पूर्व विद्यार्थी दिपवहादुर महतरा र केशमाया श्रीसलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेकोे थियो । साथै पूर्व विद्यार्थी समाजले आयोजन गरेको विभिन्नकार्यक्रममा संयोजकको भुमिकानिर्वाह गर्ने संयोजकहरु डा। पिताम्वर सुवेदी, ई। विवेक लामिछाने, सिता बोहोरा, वेद वहादुर सिंह, केयर सिंह थापा र टंकनाथ दाहाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममापूर्व विद्यार्थी समाजले विद्यालयलाई १ लाख रकम समेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापालाई हस्तान्तरण गरेको छ । कार्यक्रममापूर्व विद्यार्थी समाजका ९२ जनाआजिवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत वितरणगरिएको थियो । आजै सम्पन्न समाजको कार्यसमितिको निर्वाचनमा झविलाल शर्मा तिन वर्षको लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन । त्यस्तै महिला उपाध्यक्षमा ऋचालक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा पूर्णचन्द्र पोख्रेल उपाध्याय, सचिवमा ई। विवेक लामिछाने, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा सुजाता खरेल, सहकोषाध्यक्षमा सीता बोहोरा र महिला सदस्यहरुमा कुन्ता कुमारी खत्री र सृजना रानामगर हुनु निर्विरोध चयन भएका हुन । खुला सदस्यमा विष्णु प्रसाद पौडेल, प्रचण्ड गौतम, खुमानन्द आचार्य र प्रेम खरेल चयन निर्वाचित भएको निर्वाचन अधिकारी भानुभक्त रिजालले जानकारी दिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.