spot_img

दाङमा जबरजस्ती करणी गर्ने ३ जना पक्राउ

राप्तीसोनारी- दाङमा प्रहरीले ४ वर्षीया नाबालिका र २९ वर्षीय एक महिलालाई जबरजस्ती करणी गर्ने ३ जना व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका १८ बस्ने ३४ वर्षीय बिराज लम्साल र घरको आँगनमा सुतिरहेको अवस्थामा श्रीमानलाई कुटपिट गरी २९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रहरीका अनुसार शुक्रबार लम्सालले ४ वर्षीया बालिकालाई ललाइ फकाई गरी पैसा दिन्छु भनी १० रुपैयाँ दिएर जबरजस्ती करणी गरी बालिकालाई बेहोस अवस्थामा छोडी भागी थिए ।

पीडित बालिकाका आमाबुवा बंगलाचुली गाउँपालिका ८ स्थित लेबरको काम गर्दै आएको र लम्साल पनि काम गर्न शुक्रबार काम आएको अवस्थामा जबरजस्ती करणी गरी पीडितलाई बेहोस अवस्थामा छोडी भागी गएको र पीडितको आमाले खोजतलास गर्दै जाने क्रममा ति बालिका बेहोस अवस्थामा रहेको योनीबाट रगत निस्केको तथा ओठ समेत सुन्निएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।फरार रहेका लम्सालको खोजतलास गर्दै जाने क्रममा बंगलाचुली ८ स्थितमा फेला पारी प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी जबरजस्ती करणी कसुर शीर्षकमा आइतबार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई उनीमाथि थप अनुसन्धान कार्य भईरहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले जानकारी दिए ।

यस्तै प्रहरीले २९ वर्षीया एक महिलालाई शुक्रबार बिहानको करिब साढे १ बजेतिर पीडितको श्रीमानलाई कुटपिट गरी सामूहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने आरोपमा शनिबार निर्मल र मनोजलाई पनि पक्राउ गरेको छ ।विगत ३ महिना अगाडि आफ्नो घर देखी पीडित आफ्नो श्रीमानको खुट्टाको उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । श्रीमानको उपचार गर्दा पैसा सकिएपछि दुबै जना माग्दै खाँदै गर्दा बिहीबार घोराही १७ बेलभार स्थित गजु चौधरीको घर नजिक पुगी थिए ।

रात परिसकेकोले दुबै श्रीमान श्रीमती चौधरीको घरको आँगनमा सुतिरहेको अवस्थामा निर्मल र मनोज एक्कासि आई पीडितको श्रीमानलाई कुटपिट गरी पीडित करणी गर्ने मनसायले उक्त स्थानबाट लतार्दै करिब २५ मिटर पर लगेर दुबै जनाले सामूहिक रुपमा जबरजस्ती करणी गरेको भन्ने आरोपमा उनीहरूलाई पक्राउ गरिएको एसपी ओलीको भनाइ छ । उनका अनुसार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिप्रकाबाट गएको प्रहरी टोलीले दुबै जना चौधरीलाई पक्राउ उनीहरूमाथि उपर सामूहिक जबरजस्ती करणी अन्तर्गत कसुर मुद्दा दर्ता गरिएको छ । साथै, आइतबार दाङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति पाएको र उनीहरु थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.