खिम प्रकाश डि.सी
राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालकाले छैटौं स्थापना दिवस आईतबारमनाएको छ । गाउँपालिका स्थापना भएको ६ वर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले छैटौं स्थापना दिवस मनाएको हो ।
नेपाल सरकारले २०७३ फागनु २८ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरी स्थानीय तहहरुको घोषणा गरेको दिनका अवसरमा जिल्लाको राप्ती सोनारी गाउँपालिकाले स्थापना दिवस मनाएको छ ।
प्रमुुख अथिती राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले कार्यक्रममा बोल्दै पालिकाले शिक्षा क्षेत्रमा धेरै ठुलो लगानि गरेको बताएका छन । राप्ती सोनारीमा ५४ वटा सामुदायक विध्यालय र १७ वटा निजी विध्यालय गरि सबै ७१ वटा विध्यालय छन् । गुणस्तर शिक्षा दिनको यी ५४ वटा सामुदायमा भौतिक समर्चना बनाउन, तहाँ व्यपस्थापन गर्न निकै ठुलो लगानि गर्नु परेको छ । राप्ती सोनारी अहिले शिक्षा क्षेत्रमा कहि परिवर्तन पनि भएको छ ।
विशेष अथिती राप्ती सोनारी उपाध्यक्ष मनिशा सिंह थारूले स्वागत मनतव्य राख्दै हामिले चाहेका कुराहरु पुरा गर्न, राप्ती सोनारीलाई परिवर्तन गर्न हामि सबै एक जुट हुनु पर्ने बताईन । राप्ती सोनारीमा विकास जनप्रतिनिधिले मात्रै चाहे र हुदैन त्यसैले राप्ती सोनारी वासी नै एक भएर काम गरे साचिकै राप्ती सोनारीलाई देशकै उत्कृष्ट पालिका बनाउन सक्ने जिकिर गरिन ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर सातका वडा अध्यक्ष राम लखन थारुले कार्यक्रमा बोल्दै नेपालमा तिन तहका सरकार भएता पनि स्थानिय सरकार भनेको जनताको सरकार हो । स्थानिय, प्रदेश र संघिय गरि तिन तहका सरकार छन, सबै तहमा चुनाव जितेर जानेलाई जनप्रतिनिधि भनिन्छ । खास गरि जनप्रतिनिधि भनेको जो स्थानिय तहमा निर्वचित भएका छन् ति हुन जनप्रतिनिधि किन भने हामि सधै जनता संगै हुनु पर्ने र सधै जनताको काम गर्नु भएकोले । स्थानिय तहका जनप्रतिनिधि भनेको प्रा.वि.का शिक्षक भएसरह हो किन भने हामिले सबैलाई सबै कुराहरु सिकाउनु पर्ने ताएका छन् ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिशा सिंह थारु, राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा नंम्बर एक देखि वडा नम्बर ना सम्मका वडा अध्यक्ष, अर्जुण वाण गणका गणपति अशोक खड्का, ४२ नं वाण गणका गणपति
अशोक लम्साल, स्थानिय तह विग्य नखुल के.सी, नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटी उपाध्यक्ष मदन वलि, नेपाली काङग्रेस राप्ती सोनारीगाउँपालिका सभापति भिम राणा, प्रस युनियान बाँकेका अध्यक्ष अर्जुण वली कार्यक्रमा बोलेका थिए ।
राप्ती सोनारी गाउँपालिका सबै शाखाका प्रमुख लगाएत स्थानियहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले गरेका थिए ।