राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा आर्थिक वर्ष २०८९-८० मा संचालित पालिकास्तरीय १२ वटा भौतिक निर्माणका आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् । पालिकाले उक्त आयोजनाहरु टेण्डर प्रक्रियामार्फत ठेक्कामा संचालन गरिरहेको छ ।
राप्ती सोनारी गाउँपालिकाका इन्जिनियर दुर्गा केसीका अनुसार यस आर्थिक वर्षमा संचालित सबै योजनाहरुको काम अन्तिम रचणमा पुगेको छ ।
यो वर्ष राप्ती सोनारीले वडास्तरबाहेक २ दशमलव ५३ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ भने १ दलशलव २८ किलोमिटर नाली, ३ वटा भवन, ४ सय ११ मिटर पर्खाल र ४ सय ७७ घनमिटरको तटबन्धन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
जसमा वडा नम्बर ८ को शमशेरगंज शास्त्र क्याम्पस जाने ८ सय ८० मिटरको बाटो निर्माणको काममात्रै ८० प्रतिशत सम्पन्न भई सकेको इन्जिनियर केसीले बताए ।
‘यो वर्ष भौतिक निर्माण तथा सडक निर्माणमा त्येति धेरै त बजेट छैन,’ केसीले भने, ‘तर पनि हामीसँग भएको जति पनि योजनाहरु छन् । ती योजनाहरु सबै जेठ मसान्तसम्म सम्पन्न हुन्छन् ।’
यसका अलवा पालिकाले वडा नम्बर ३ को भवन निर्माणको काम पनि ६० प्रतिशत सम्पन्न गरिसहेको छ । साथै वडा नम्बर ५ मा खेलकुद पूर्वाधार निर्माणअन्तर्गत ४ सय ११ मिटर लामो पर्खाल बनाउने काम सम्पन्न भई सकेको छ ।
त्यसैगरी वडा नम्बर ८ पेरानीमा ५ सय ३५ मिटर सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न, वडा नम्बर ४ मा रामकुट्टीदेखि दग्पूर्वा जाने २ सय ६५ मिटरको सडक निर्माण ८० प्रतिशत, वडा नम्बर ९ मा स्वास्थ्यचौकी भवन निर्माण ५० प्रतिशत, वडा नम्बर ९ मा चुके नाला तथा भक्त खोलामा ४ सय ७७ घनमिटर तटबन्धन निर्माणको काम सम्पन्न भर्ई सकेको छ ।
त्यस्तै वडा नम्बर २ मा ७ सय ३७ मिटर लामो पक्की सडक र ७ सय ३७ मिटर लामो पक्की नाली निर्माणको काम पनि ३० प्रतिशत, वडा नम्बर ६ मा बर्थिङ सेन्टरको निर्माणको काम ५० प्रतिशत, वडा नम्बर ७ मा बघौडादेखि पोखरा थान मन्दिरसम्मको ३ सय ८६ मिटर पक्की नाली निर्माण र वडा नम्बर १ मा हाइवे हुँदै नालीसहितको १ सय १५ मिटरको बाटो र १ सय ५ मिटरको नाली निर्माण भई सकेको छ ।
साथै पालिकाले विभिन्न खोला तथा नालाहरुको आईसीसी प्रतिवेशन पनि तयार गरिरकेको छ ।
उसोत यो वर्ष पनि राप्ती सोनारी गाउँपालिकालमा प्रमुख प्रशासकिय अधिकृत नहुँदा करिब २ महिना बढी समय पालिका तथा वडाका योजनाहरुको काम अघि बढाउन समस्या भएको थियो । पालिका अध्यक्ष तप्तबहादुर पौडेल पालिकाले यी सबै योजनाहरु हालसम्म सम्पन्न गरिसक्ने लक्ष्य भएता पनि केही कारणबस यो आर्थिक वर्षभित्र सबै काम सम्पन्न गर्नेगरी काम अघि बढेको बताउँछन् ।
‘हामीले यो वर्ष काम सम्पन्न गर्नेगरी योजना तर्जुमा गरेका थियो । तर केही महिना कार्यालय प्रमुखको अभावका कारण सबै कामहरु रोकिय,’ अध्यक्ष पौडेलले भने, ‘अहिले कार्यालय प्रमुख आइसक्नु भएको छ । अब पालिका र वडास्तरबाट संचालित सबै कामहरुले तीव्रता पाइसकेको छ र कुनै पनि आयोजनाहरु यो वर्ष अधुरै हुँदैनन् ।’
पालिकाले अहिले आयोजना सम्पन्न गर्नुका साथै वडास्तरबाट संचालित आयोजनाहरुको विवतरण संकलन गर्ने कार्यमा लागेको इन्जिनियर केसीले बताए ।