spot_img

कोहलपुर गोल्डकपमा तिन देश सहभागि हुने

कोहलपुर- बाँकेको कोहलपुरमा कोहलपुर गोल्डकप फुटबल आयोजना हुने भएको छ । आयोजक रेसिङ्ग साहारा क्लबले मंगलवार पत्रकार सम्मेलन गरि चैत्र ४ गतेदेखि ११ गतेसम्म कोहलपुर गोल्ड कपको पहिलो संस्करण घोषणा गरेको हो ।

आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र बहादुर क्षेत्रीले कोहलपुरको १३ विगाहमा हुने खेलमा नेपाल, भारत र क्यामरुनका ८ वटा टिमको सहभागिता निश्चित भएको जानकारी दिंदै झण्डै १२ लाखको पुरस्कार राशी राखिएको बताए । ‘८० लाख बढी खर्च हुने अनुमान गरेका छौं,’ अध्यक्ष क्षेत्रीले भने ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना घोषणा भएको प्रथम कोहलपुर गोल्डकप–२०७९ को मूल व्यानर, लोगो, जर्सी र खेल तालिका मंगलवार सार्वजनिक गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र बहादुर क्षेत्री लगायतले गोल्डकपको जर्सी सार्वजनिक गरे ।

‘बाँके जिल्लामा पहिलो पटक यो स्तरको गोल्ड कप आयोजना हुन लागेको हो,’ आयोजक अध्यक्ष क्षेत्रीले गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो ३ लाख पचास हजार रहेको जानकारी दिंदै भने, ‘गोल्ड कपमा सहभागी हुने सबै टिमलाई थप १ लाख २० हजार पुरस्कार प्रदान गरिनेछ ।’

आयोजकले ग्रासरुट फुटबल प्रशिक्षणमा सहभागी भएका बालबालिकाहरुलाई गोल्ड कपमा सहभागी भएका खेलाडीहरुसंग परिचय गराउने कार्यक्रममा समावेश गर्दैछ । ‘जेष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाहरुलाई फुटबल प्रतियोगिता मनोरञ्जन लिनका लागि उचित व्यवस्थापन गरेका छौं,’ अध्यक्ष क्षेत्रीले भने ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख आचार्यले गोल्ड कप सञ्चालनका लागि १० लाख सहयोग गरेको जानकारी दिंदै कोहलपुरमा खेलकुदको विकासको लागि सदैव सकारात्मक रहेकोले आवश्यकता अनुसार थप रकम दिन सकिने बताए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.