राप्तीसोनारी- नेपाली राष्ट्रिय क्रिकेट टिमका विजेता खेलाडीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।
बिहीबारको खेलमा यूएईमाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटमा पुगेको नेपाली टिम तथा प्रशिक्षक मोन्टी देशाईलाई राष्ट्रपति कार्यालयमा भेटेर राष्ट्रपति पौडेलले बधाई दिएका हुन् ।
विश्वकप छनोटमा पुगेसँगै नेपाल सरकारबाट जनही तीन लाख र बागमती प्रदेश सरकारबाट जनही १ लाख रुपैयाँ पुरस्कार पाउने भएका खेलाडीहरुले राष्ट्रपतिलाई पनि भेटेर बधाई ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले जिम्वावेमा हुने छनौटमा सफल भएर भारतमा हुने विश्वकपमा पुग्न खेलाडीहरुलाई शुभकामना समेत दिएका छन् ।