राप्तीसोनारी- संविधान सभा सदस्य एवं जसपाका केन्द्रीय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन्। खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रममा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए।
नेपाली कांग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रीय सदस्य थिइन्। तराईमा प्रभाव जमाउँदै अगाडि बढेको डा सिके राउतको पार्टीमा प्रवेश गरेकी सन्ध्या देवले पार्टीमा आफूले इमान्दारीपूर्वक काम गर्ने बताइन् । सन्ध्या देवलाई फोरमले संविधान सभा सदस्य बनाएको थियो ।