spot_img

बर्दियामा बाघको आक्रमणबाट २ जनाको ज्यान गयो

राप्तीसोनारी- बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ ।

बर्दिया मधुवन नगरपालिका ५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.