spot_img

आगलागी पीडितलाई राहत उपलब्ध गराउने नमुनाको प्रतिवद्धता 

राप्तीसोनारी- लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । नरैनापुर वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताईन ।
‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ उनले भन्नि ‘प्रदेश सरकारले नियमअनुसार दिने राहतको लागि पहल गर्छु । आवश्यक प्रक्रिया पु¥याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’
लुम्बिनी प्रदेश सरकारबाट एक घर परिवार ४० हजार रुपैयाँका दरले राहतवाफत रकम उपलब्ध गराइने सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले बताईन ।
प्रहरी मुचुल्का, वडाको सिफारिस लगायतका प्रक्रिया पूरा गर्नको लागि उनले आफ्ना स्वकीय सचिव सूर्यप्रकाश घर्तीलाई समन्वयको भूमिका खेल्न निर्देशन समेत दिएकी हुन ।
‘मेरो स्वकीय सचिव ज्यूले तपाईलाई राहतको लागि गर्नुपर्ने प्रक्रियामा समन्वयको भूमिका समेत खेलिदिनुहुन्छ’ पूर्वमन्त्री समेत रहनुभएकी उनले भन्नि ‘सूर्य जीसँग सम्पर्क गरेर प्रक्रिया पु¥याएर निवेदन दिनुहोला । म तपाईहरुले साथमा छु चिन्ता नलिनुहोला ।’
उनले आगलागी पीडितको मागअनुसार स्थानीय प्रहरीलाई भएको क्षतीअनुसार मुचुल्का बनाइदिन निर्देशन समेत दिएक्ी हुन ।
‘आगलागीबाट घरमा भएको क्षतीको पूरै मुचुल्का बनाइदिनुहोला । पीडितले पीडा होइन, सहज रुपमा राहत पाउनुपर्छ । यसमा तपाईको सहयोग हुनुपर्छ’ सांसद नमुनाले प्रहरीलाई निर्देशन दिदैं भन्नि, ‘यहाँबाट तपाईहरुले भएको क्षतीको मुचुल्का बनाएर पठाउनुहोला ।’
आगलागी पीडितहरुले मुचुल्का, सिफारिस लगायतका विषयमा समस्या भइरहेको गूनासो गरेका थिए । सोही कुरालाई मध्यनजर गरेर उनले पीडितलाई पीडा होइन राहत दिनुपर्ने बताईन। राहतको लागि गर्नुपर्ने प्रक्रियामा जहाँ समस्या आउँछ त्यहाँ आफु रहेको भन्दै उनले समस्या समाधानको लागि आफु तत्पर रहेको प्रतिबद्धता समेत जनाईन ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here