spot_img

कोहलपुर मेडिकल कलेजका डाक्टर सहित २४ जना चढेको बस दुर्घटनामा

राप्तीसोनारी- कोहलपुर मेडिकल कलेजको बस दुर्घटनामा परेको छ । भे १ क ३१८ नम्बरको बस डडेलधुरा र बैतडीको सिमामा पर्ने अनारखोलीमा गएराती पौने ९ बजे तिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको स्वास्थ्य शिबिरका लागि मेडिकल कलेज कोहलपुरका स्त्री रोग विशेषज्ञ डा बिनोद महासेठको नेतृत्वमा नर्सिङसटाफ र प्राबिधिकसहितको २४ जनाको टोलि हिजो दार्चुलाका लागि हिडेको थियो ।

अस्पतालका सामाजिक सेव इकाइ उप प्रमुख अब्दुल हुसेन खाका अनुसार घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भैरहेको छ । उनीहरु सबैको स्वास्थ्य अबस्था खतरामुक्त रहेको पनि उहाँले जानकारी दिनुभयो ।

ञठूलो दुर्घटनाबाट टिम जोगियो आफै समेत दुर्घटनामा पर्नु भएका खाले भन्नुभयो(ञदुई जनालाई अलि गहिरो चोट छ अरु सबैको अबस्था सामन्य छ ।झ बस ब्रेक फेल भएर दुर्घटनामा परेको उहाँको भनाइ छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here