spot_img

जातीय विभेद अन्त्यका लागि ३ साईकल यात्री राप्ती सोनारीमा

राप्तीसोनारी– जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि शुरु गरिएकोे साईकल यात्रा अभियानका ३ जना महिला पत्रकार शनिवार दिउसो बाँकेको राप्ती सोनारी पगेकी छन् ।

बैशाख ६ गतेदेखि सुदूरपश्चिम प्रदेशको नेपाल भारत सीमा नाका गड्डाचौकी नाकाबाट शरु गरिएको साइकल यात्रामा रिता बुढाथोकी, इन्दिरा बिश्वकर्मा र संगिता नेपाली शनिवार दिउसो राप्ती सोनारीे पुगकी हुन । अभियान शुरु गरेको १८ दिनपछि मेचीको कन्काई पुगेर समापन गर्ने उनीहरुको लक्ष रहेको छ ।

उक्त यात्राका क्रममा जातीय विभेदविरुद्ध सचेतना फैलाउने उदेश्य रहेको अभियान्ता रीता बुढाथोकीले जनाईन । उनका अनुसार समाजमा अहिले पनि कायम रहेको जातिय विभेदको अन्त्य तथा समानता मुलक समाजको परिकल्पनाको सन्देश दिन साईकल यात्रा सुरु गरेको साईकल यात्रा अभियन्ता बुढाथोकीले जानकारी दिएकी हुन् ।

एकाईशौ शताब्दीमा आईपुग्दा समेत दलित भएकै कारण दलित समुदायहरु विभेदको सिकार हुनु परेको अवस्थालाई अन्त्य गर्न उक्त अभियानले सचेतना मुलक सन्देश दिने साइकल यात्री रिताको धारणा रहेको छ ।

जातीय विभेदलाई जरैबाट अन्त्य गर्न दलित समुदायले मात्रै आवाज उठाएर नहुने भएकोले सम्पूर्ण नेपालीले हातेमालो जर्न जरुरी रहेको बताईन् । जातीय विभेद तथा छुवाछुत देशकै जल्दो बल्दो समस्या रहेकोले कतिपय घटनाले अहिले सम्म न्याय नपाएका उनको भनाई थियो ।

उक्त अभियानमा जुट्नुभएका तीन जना साईकल यात्रीहरुलाई हाइवे पोष्ट राष्ट्रिय दैनिकका सह–सम्पादक खिम प्रकाश डि.सी, प्रहरी चौकी अगैयाका इन्चार्ज राम बहादुर चन्द, कुसुम ट्राफिक पोष्टका इन्चार्ज प्रकाश वि.क, राष्ट्रिय दलित पत्रकार संघ बाँकेका सदस्य उमेश दलामी लगातको टोलीले साइकल यात्रीहरुलाई स्वागत गरेका थिए । साइकल यात्रीहरुलाई अगैया देखि सुरक्षाकर्मीको स्कटिङमा कुसुम सम्म पठाइएको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here