spot_img

निः शुल्क उपचारमा नलगाडको प्राथमिकता

राप्तीसोनारी- नेपालको दुर्गम पालिकाको रुपमा चिनिने जाजरकोटको नलगाड नगरपालिकाले स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष प्रत्याभुति दिलाउन महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विशेषत महिलाहरुमा हुने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नलगाडले वडा वडामा डाक्टरसहित ८ जना स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबारदेखि शिविरमा खटाएको हो ।
नलगाडले ‘समृद्ध र सफा नगर, दिगो विकास र सुसाशनको शहर’ नाराका साथ पालिकाको वडा नम्बर १२ मा नियमित परिवार नियोजन सेवा संचालन तथा आकस्मिक गर्भ निरोधक सेवा शिविर संचालन गरेको हो । शुक्रबारमात्रै उक्त शिविरमा ८० बढी महिलाहरुको स्वास्थ्य चेक भएको छ । उक्त शिविरमा सहभागी महिलाहरुमा हुने स्वास्थ्य समस्याको उपचारसँगै पाठेघरसम्बन्धी समस्याका लागि पनि उनीहरुको नाम सुचिकृत गरिएको छ ।
उक्त शिविर क्रमागतरुपमा हुने पालिकाकी उपप्रमुख सरिता सिंहले बताइन् । सिंहका अनुसार उक्त शिविरको माध्यामबाट यदि कोही महिलामा पाठेघरसम्बन्धी समस्या देखिएमा नगरपालिकाले निःशुल्क उपचार गर्नेछ । ‘यो शिविर एक दिन मै सकिँदैन । यो त पहिलो चरण हो । यसपछि फेरि आज आउनु भएका महिला दिदीबहिनीको पाठेघरमा कुनै समस्या देखियो, क्यान्सर देखियो भने, नलगाडले निःशुल्क अप्रेशनदेखि उपचार गर्छ । चाही जति खर्च लागोस्,’ सिंहले भनिन् । सिंहका अनुसार पालिकाले वडाहरुमा तीन चरणको शिविर संचालन गर्नेछ ।
नलगाडले उक्त शिविर अन्य वडामा पनि आयोजना गर्दैछ । शनिबार वडा नम्बर ८ र आइतबार वडा नम्बर ७ मा पालिकाले स्वास्थ्य शाखाको आयोजना निःशुल्क शिविर संचालन गर्ने भएको जनस्वास्थ्य निरीक्षक तप्तबहादुर चवराले बताए ।
‘यो शिविरमा महिलाहरुमा हुने समस्यालाई विशेष प्राथमिकता दिएका छौं । यसका अलवा हामीले परिवार नियोजन सेवा र आकस्मिक गर्भ निरोथकको पनि सेवा दिनेछौं,’ निरीक्षक चवराले भने, ‘यसका अलवा कोही महिला दिदीलाई पाठेघरसम्बन्धी कुनै पनि समस्या देखियो भने पालिकाको सम्पूर्ण खर्चमा उहाँहरुको उपचार गराइन्छ । जसका लागि जिल्ला बाहिर लानु परे पनि पालिकाले लैजान्छ ।’

उपाध्यक्ष सिंह नलगाड नगरपालिका आफैंमा विभिदता र विकट पालिका भएका कारण महिलाहरुमा हुने स्वास्थ्य समस्या बाहिर आउन कठिन रहेको बताउँछिन् । उनले भन्छिन्, ‘यस क्षेत्रका जनताहरुको आर्थिक अवस्थादेखि जनतामा साक्षरता धेरै कम छ । अझ महिलाहरु त आफूमा भएको पाठेघरसम्बन्धी समस्यालाई लुकाउने र समस्या भई हाले पनि उपचारका लागि उनीहरुको आर्थिक अवस्थाले धान्न नसक्ने भएका कारण नलगाडले यस समस्यालाई समाधान गर्न निःशुल्क शिविरदेखि सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको हो ।’
नलगाडले यसअघि ३ वर्ष पनि उक्त शिविर संचालन गरेको थियो । सो समयमा पनि केही महिलाका स्वास्थ्यसम्बन्धी समस्या बाहिर आएका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here