spot_img

मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनीति

राप्तीसोनारी- मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनीतिका साथ कार्य गर्दै आएको छ । विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालू आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निर्माण गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखद्वारा आज आयोजित सुरक्षित मातृत्व सम्वन्धि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ्ग कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शुन्यमा झार्न कार्ययोजना निर्माण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताए । उनका अनुसार डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको इक्लामसिया रोगका कारण भएको हो, यस्ता रोग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसंगको सम्पर्कमा रहनुपर्दछ ।

डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरी ४ स्थानमा प्रभावकारी प्रसुति केन्द्रहरु संचालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्रबहादुर घलेले बताए । उनका अनुसार एक वर्षमा करिब एक हजार बढी महिलाहरु संस्थागत सुत्केरी गराउने गरेका छन् भने केन्द्रमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । अभिमुखीकरणमा स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी र नर्सिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here