spot_img

माननीय ढकाल र गापा अध्यक्ष पौडेल योजना माग्न मन्त्रालय धाउँदै

राप्तीसोनारी, १४-बैशाख l

विहिवार सिंह दरबार काठमाडौमा बाँके क्षेत्र न : १ सांसद सुर्य ढकाल र राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल मन्त्रालय धाउँदै गरेको भेटीए ।

दिनभरी जसो हातमा फाइल लिएर योजना माग्न मन्त्रालयहरुमा धाईरहेको भेटिएका हुन । आफ्नो ठाउँ र क्षेत्रको विकासमा संगै हिडेर मन्त्रालय धाईरहेका माननीय ढाकाल र अध्यक्ष पौडेल बढी भन्दा बढी संघीय बजेट पार्ने दाउँमा छन । किहिदिन अघि मात्रै राप्ती सोनारी गाउँपालिका वडा न : ७ को राप्ती नदिमा भत्किएको तटबन्ध तत्काल पुनर्निर्माण नगरे अनशन बस्ने आवाज सदनमा उठाएका माननीय ढकालले गाउँपालिका संगै मिलेर योजना माग्दा झनै सजिलो भएको बताए ।

सांसद ढकाल र अध्यक्ष पौडेल यस बर्षको बाढिको क्षति रोक्न मिसनमा संगै मन्त्रालयहरुको धोकामा पुगिरहेका हुन । उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयमा मन्त्री शक्ति बस्नेत संग कुराकानी गर्दै सांसद र अध्यक्षले जसरी पनि बजेट पारेर बर्षात अगावै तटबन्ध निर्माण गर्न आग्रह गरेका छन । मन्त्री शक्ति बस्नेतले राप्ती सोनारी , डुडुवा र कोहलपुर नपाको किटान गरेरै बजेट पठाउने प्रतिवद्द्ता जनाए । त्यस लगत्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर राप्ती सोनारी ७ को सिघैया नालामा पुल निर्माणको योजना पार्न आग्रह गरेका छन । स्वास्थ्य मन्त्रालयमा गएर उप सचिव रमेश कुमार के.सि लाई माननीय ढकाल र अध्यक्ष पौडेलले राप्ती सोनारी अस्पतालको रोकिएको बजेट खुल्ला गर्न र थप बजेट माग सहित दिर्घ रोगी हरुलाई दिईने ५००० हजार रकम पालिका पठाउन आग्रह गरेका थिए । गाउँपालिका अध्यक्ष पौडेलले राप्ती सोनारी वडा न. ४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता मिनराज खड्का (सन्तोष ) लाई लिएर सबैजसो मन्त्रालयमा योजना माग्न पुगेका छन । समृद्ध राप्ती सोनारी बनाउने अभियानमा गापा अध्यक्ष पौडेलले भने संघीय सांसद , प्रदेश सांसदको पनि ठूलो हात छ, उहाँहरुको साथ सहयोग चाहिन्छ । पालिकाले होमिस्टेमा , पर्यटनमा कृषिको सिट भण्डार , लगायतका थुप्रै योजना माग गरेको छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here