spot_img

राप्ती सोनारीका बरघर–मटावाँलाई क्षमता अभिबृद्धि तालिम

राप्तीसोनारी- राप्ती सोनारी गाउँपालिकामा बरघर, बैडावा र गुर्वाको क्षमता अभिबृद्धि सम्बन्धि तीन दिने तालिम विहिबार सम्पन्न भएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र राप्ती सोनारी गाउँपालिकाकोे समन्वयमा तालिमको आयोजना गरिएको हो । समापन कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले न्यायपालिकाले गर्ने काम गाउँका बरघरले गर्दै आएको बताईन । उनले सेलर्ड, अदालत र स्थानीय तहले अवलम्बन गरेको सामुदायिक मेलमिलाप थारु समुदायले वर्षौँ पहिलेदेखि गर्दै आएको बताईन । ‘अदालत र स्थानीय तहले अहिले प्रयोग गरेका हुन्, तर थारु समुदायले यो आदिमकालदेखि मेलमिलाप गाउँमै गर्दै आएका छौँ,’ उनले भनिन ।
कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका निवर्तमान अध्यक्ष लाहुराम थारुले बरघर प्रणाली थारु समुदायको सवैभन्दा बलियो संगठन भएको बताए । उनले विश्वमा संघीयताको सुरु नहुँदै थारु समुदायले संघीयता अवलम्बन गर्दै आएको बताए । ‘संघीयताको प्रयोग सवैभन्दा पहिले थारु समुदायले बरघर (मटावाँ) प्रणाली मार्फत भएको हो,’ उनले भने ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा नम्बर ८ का वडाअध्यक्ष सालिकराम डाँगी, मिनराज खड्का लगायतले विचार राखेका थिए । तालिममा थारु संस्कृतिको बारेमा कलम चलाउँदै आएका पत्रकार विश्वराज पछल्डङ्ग्या र भागिरत थारुले बरघरको ऐतिहासिक पृष्ठभूमीका बारेमा सहजीकरण गरेका थिए ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here