spot_img

राप्ती सोनारीमा धमाधम करोडौंको काम तर राजश्व संकलन शुन्य

अगैया, बैशाख ३१,
राप्ती सोनारी गाउँपालिकामा राजश्व संकलनमा निकै समस्या देखिएको छ । यति बेला राप्ती सोनारीको विभिन्न स्थानमा विकास धमाधम भइरहेको अनुपातमा राज्यलाई तिर्नु पर्ने रकम भने उठ्न सकेको छैन । श्रोत साधनको धनि भनिएको राप्ती सोनारी गाउँपालिमा राजश्व उठ्ने गति भने कछुवाको तालमा छ । राप्ती सोनारी वडा न. ३ मा मात्रै झण्डै साढे ६ करोड बढिको तटबन्धको काम भइरहेको छ । यहि असार सम्म काम सक्ने भनिए पनि राजश्व संकलन भने निकै न्युन छ । सरोकार वाला निकाय लाई यो बिषयमा प्रश्न गर्दा एक अर्कालाई दोषारोपन गर्ने काम गर्ने गरेका छन् । यस बिषयमा निकै चासोका साथ राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल लागि परेका छन् । गापा अध्यक्ष पौडेलले राजश्व नतिर्ने ठेकेदार र सरोकारवाला सबैको काम रोक्ने बताएका छन् । विकास निर्माण हुने राम्रो कुरा भएको बताउँदै अध्यक्ष पौडेलले राज्यलाई आउनु पर्ने राजश्व पनि समयमा आउनु पर्ने उल्लेख गरेका छन् । उनले भने गाउँपालिका बाट भइरहेको योजनाका ठेकेदारले ढुंगा गिट्टी बालुवाको राजश्व नतिरे भुक्तानी रोक्ने र संघ र प्रदेशको लगानीमा भएको योजनामा राजश्व दिनका लागी सम्वन्धीत कार्यालयमा पत्राचार गरेको छौं आशा छ, राजश्व उठ्छ ।
वडा न. ३ को गल्रावाजमा झण्डै ४ करोडको काम वली विल्र्डसले तटबन्धकोक काम गरिरहेका छन् भने सिनावाज गाउँमा भाग्य लक्ष्मीजेभीले ३ करोड १५ लाखमा तटब्धको काम गरिरहेको छ । राज्यको नियम अनुसार राजश्व प्रति घनफिट बराबर ८ रुपैयाँ भ्याट छुट्टै गरेर ट्याक्टरको प्रति टलि १ हजार ९५ रुपैयाँ राजश्व पर्न जान्छ । अहिले सम्म वली विल्र्डसले १ लाख रकम मात्रै वडा कार्यालयमा वुझाएको वडा न. ३ को वडा अध्यक्ष मिन कुमार चौधरीले जानकारी दिए । उनका अनुसार भग्य लक्ष्मीले राजश्व रकम दिएको छैन । राप्ती सोनारीमा यी दुई योजनाको ढुंगाको मात्रै झण्डै १७ लाख माथीको राजश्व उठ्छ । यस बिषयमा वली विल्र्डसका संचालक निर्माण ब्यवसायि भुपाल वलीले क्रमश राजश्व तिरिरहेको दावी गरे । यता भाग्य लक्ष्मी जेभीका साईड हेर्ने प्रतिनिधि राम बहादुर चौधरीले यस क्षेत्रको बस्ती जोगाउन छोटो समयमा काम सक्काउने दावा गर्दै राजश्व तिर्ने काम आफुहरुको नरहेको जनाए । उनले आफुहरुले सहायक ठेकेदारको रुपमा स्थानीयहरुलाई जिम्मा दिएको भन्दै राजश्व तिर्नेकाम उनीहरुको रहेको जवाफ दिए । तर स्थानीय ठेकेदारहरु मध्ये उषमान थारुले आफ्नो बस्ती जोगाउनका लागी आफुहरुले गरिरहेको काममा ढुंगाको राजश्व निशुल्क हुनुपर्ने बताए । अनुगमन समितिको संयोजक तथा राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष मनिसा सिंह थारुले नियमीत अनुगमन गरिरहेको बताउँदै राजश्व वुझाउनका लागी बारम्बार ताकेता गरिहेको दावी गरिन ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here