spot_img

राप्ती सोनारीमा सुधारिदै शिक्षाको गुणस्तर

राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा शिक्षाको गुणस्तर बलियो हुदैं गएको छ । विद्यालय भन्दा पनि बाहिर देखिने विद्यार्थिहरु अहिले नियमित विद्यालय जान थालेका छन । विद्यालयमा नियमित गएर कक्षा लिन थालेपछि पालिकाको शैक्षिक अवस्थामा सुधार आएको हो । राप्ती सोनारीमा सामुदायिक ५४ र सस्थागत १७ गरि ७१ विद्यालय रहेका छन । जसमा विद्यार्थि संख्या १५ हजार ३ सय ३३ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

राप्ती सोनारीमा स्वीकृत दरबन्दी २३० रहेकोमा राहत ११७ रहेका छन । शिक्षक अनुदान भने २२ रहेको छ । शिक्षक दरबन्दी स्थानिय तहबाट अनुदान प्राप्त २०६ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख न्यौपानेले जनाए । राप्ती सोनारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई , संघ तथा प्रदेश सरकार र अन्य गैरसरकारी संस्था लगाएतले शिक्षा विकासमा सहकार्य गरेका छन ।

गाउँपालिकाका पदाधिकारी, वि.व्य.स. अध्यक्ष, प्र.अ. सहितका सरोकारवालाहरुसँग आवश्यक समन्वय, छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु समय समयमा गरिदै आइएकाले पनि विद्यालयहरुमा भैरहेको गतिविधि र समस्या समाधान गर्न सहज बनेको राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । विद्यालयहरुमा साय समयमा संयुक्त अनुगमन जनप्रतिनिधि र कर्मचारीहरुले गरिरहेको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले जनाए । विद्यालय भौतिक सुधारका कार्यक्रम, शैक्षिक गुणस्तर सुधारका कार्यक्रय समयमै प्रस्तावना माग गरी विवरण गरिएकोले समयमा नै सम्पन्न हुन सकेकोले पनि शिक्षा विकासको गति तिव्र देखिएको हो ।

गाँउपालिकाले न्युन दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण अनुदानबाट शिक्षक व्यवस्थापन गरी न्युन शिक्षक समस्यालाई केहि हदसम्म समाधान गर्न खोजिएको गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जनाए । शैक्षिक गतिविधि र गुणस्तरलाई विशेष ध्यान दिइएको पालिका अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले प्रयाप्त शिक्षक दरबन्दी नहुनु, विषयगत शिक्षकको अभाव हुनु, विद्यार्थी संख्या अधिक भएका विद्यालयहरुमा प्रयाप्त भौतिक पुर्वाधार नहुनु, शौचालय निर्माण, मर्मत, घेरवार कार्यक्रम अप्रयाप्त रहनु लगाएतका समस्या केहि मात्रामा कायमै रहेको बताए ।

शिक्षा तथा खेलकुदको समस्यालाई सरोकारवालाहरुसँग समय समयमा छलफल तथा अन्तरक्रिया गरि समाधान निकाल्ने प्रयत्न भएको राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिसा सिंह थारुले बताइन । उपाध्यक्ष सिंहथारुले न्युन शिक्षक दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण सहयोग उपलब्ध गराउने बताइन । विद्यार्थी संख्याको आधारमा आवश्यक भवन तथा शौचालय निर्माण गर्ने योजना अनुरुप आगामि कार्ययोजना निर्माण गरिएको पालिकाले जनाएको छ ।

राप्ती सोनारीका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने कक्षा १ देखि ६ सम्मका विद्यार्थिहरुलाई दिवा खाजाका रुपमा बजेट चौमासिकमा दिने गरिएको छ । हास सम्म ३ पटक सम्म एक पटकको ७० हजारका दरले वितरण गरिसकिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । गाँउपालिकाले चालु आर्थिक वर्षमा चारकोठे चार वटा भवन, २ कोठे दुईवटा भवन निर्माण गरेको छ । यस आर्थिक वर्षका लागी गाँउ पालिकाले ७ करोड ५० लाख शिक्षा क्षेत्रका लागि छुट्याएको छ । गाउँपालिकाले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

राष्ट्रिय भारत्तोलन खेलाडी सन्जु चौधरीको नाममा २ लाख बराबचको अक्षयकोष पनि स्थापना गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए । पालिकाका जनप्रतिनिधि र कर्मचारी विच व्याट्मिन्टन खेल भैरहेको छ भने अर्को राप्ती सोनारी गाँउपालिका स्तरिय भलिवल ३० वर्ष भन्दा मुनि र ३० वर्ष भन्दा माथि उमेर समुहविचको प्रतियोगिता यहि चैत्र २४ गते बाट संचालनमा छ ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here