राप्तीसोनारी- बाँकेको राप्ती सोनारी गाउँपालिकामा नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन र पोषणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । शनिबार कार्यक्रममा स्वास्थ्यकर्मीसंग पालिकास्तरीय अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा स्वास्थ्यकर्मीलाई नवजात शिशु र बालबालिकाहरुमा देखिने रोगहरुको एकीकृत व्यवस्थापन गर्न सक्षम बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।
साथै नवजात शिशु र बालबालिकाहरुमा लाग्ने रोगहरुको एकीकृत व्यवस्थापन (आईएमएनसिआई) कार्यक्रमको नवजात शिशु र बालबालिकाहरुमा लाग्ने रोगबाट बिरामी हुने दर तथा मृत्युदर कम गर्ने उद्देश्य रहेको नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन समिति बाँकेकी फोकल पर्शन बसन्ती मल्लले जानकारी दिइन् ।