spot_img

बैजनाथमा मनाइयो चैते धान दिवस

राप्तीसोनारी- बाँके बैजनाथ गाउँपालिमा चैते धान दिवस मनाइएको छ। बैजनाथ गाउँपालिका वडा नं.८ स्थित झिगौरामा चैते धान रोपाई गरेरे चैते धान दिवस मनाइएको हो । बैजनाथ वडा नं. ८ स्थित झिगौरामा ३७ कठ्ठामा चैते धान रोपाई गरिएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले चैते धान रोपेर कार्यक्रमको शुरुवात गरेका छन।

स्थानीय उत्पादन बढाउनका लागि स्थानीय सरकार सबै क्षेत्र सँग सहकार्य र समन्वय गर्ने अभियानमा रहेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन। उनले कृषकहरुको यान्त्रीकरणमा केन्द्रित गराउन पालिका अध्यक्ष कृषक सँग कार्यक्रम संचालन गर्ने तयारीमा रहेको समेत बताएका छन। कार्यक्रममा चैते धानको विउँ प्रधानमन्त्री आधुनिकिकरण परियोजना मार्फत उपलब्ध गराइएको थियो ।

प्राविधिक सहयोग किसान २ परियोजना कृषि विकास शाखा बैजनाथको आयोजनामा उक्त चैते धान दिवस मनाइएको बैजनाथ कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी गराएका छन। कार्यक्रममा वडा अध्यक्ष भगन चौधरी कार्यपालिका सदस्य कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.