spot_img

राष्ट्रिय खेलमा राप्ती सोनारीका २ खेलाडि छनोट

खिम प्रकाश डि.सी
राप्तीसोनारी-
विद्यालयस्तरीय १३ औं संघिय तथा दोस्रो लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताबाट राप्ती सोनारीका २ खेलाडि राष्ट्रियको खेलको लागि छनोट भएका छन् । मंगलबारदेखि रुपन्देहिमा सुरु भएको संघिय तथा दोस्रो लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगितामा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेका सरस्वती माध्यमिक विद्यालयमा अध्यानरत सम्झना थारु र अनिशा थारु राष्ट्रियको खेलको लागि छनोट भएका हुन् ।

सम्झना थारुले १०० मिटर र अनिशा थारले ४०० मिटर दौड र ८०० मिटर दौडमा प्रथम स्थान हासिल गर्दै राष्ट्रिय खेलको लागि छनोट भएका हुन् ।
१३ औं संघिय तथा दोस्रो लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगितामा ९ वटा स्वर्ण, ८ रजक र १५ कास्य पदक प्राप्त गरि बाँके जिल्ला प्रथम भएको छ । उक्त खेलकुुद प्रतियोगितामा कपिलबस्तु दास्रो र बर्दिया तेस्रो भएका छन् ।

spot_img

सम्बन्धित लेखहरु

spot_img

सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here