राप्तीसोनारी- जाजरकोटको जनसंख्या १ लाख ८९ हजार ३ सय ६० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार जिल्लाको जनसंख्या एक लाख ८९ हजार ३ सय ६० पुगेको हो । जसमा पुरुष ९४ हजार ६३ रहेको छ भने महिलाको जनसंख्या ९५ हजार २ सय ९७ पुगेको छ । पुरुष भन्दा महिलाको संख्या १ हजार २ सय १४ ले बढी छ ।
जाजरकोटका स्थानीय तहहरु मध्ये सबैभन्दा बढी भेरी नगरपालिकाको छ । १८ हजार ३ सय ७६ पुरुष र १९ हजार ५ सय १६ महिला गरी जम्मा ३७ हजार ८ सय ९२ रहेको छ । यस्तै सबैभन्दा कम जनसंख्या शिवालय गाउँपालिकाको छ । जसमा पुरुष ७ हजार २ सय ९२ र महिला ७ हजार ४ सय ७८ रहेको छ । छेडागाड नगरपालिकाको ३७ हजार ८ सय ७७ पुगेको छ । पुरुष १८ हजार ६ सय ९८ र महिला १९ हजार १ सय ७९ पुगेको छ ।
जुनीचाँदे गाउँपालिकाको २३ हजार ७ सय ७१ जनसंख्या पुगेको छ । पुरुष ११ हजार ८ सय ३५ र महिला ११ हजार ९ सय ३६ रहेका छन् ।
बारेकोट गाउँपालिकामा २२ हजार पाँच जम्मा जनसंख्या पुगेको छ । जसमा पुरुष ११ हजार ३५ र महिला १० हजार ९ सय ७० पुगेको छ ।
कुशे गाउँपालिकामा २३ हजार ५८ रहेको छ ।
जसमा पुरुष ११ हजार ५ सय तीन र महिला ११ हजार ५ सय ५५ रहेका छन् । यस्तै, नलगाड नगरपालिकामा २८ हजार ९ सय २२ रहेको छ । पुरुष १४ हजार ३ सय ६६ र महिला १४ हजार ५ सय ७६ रहेका छन् । संस्थागतमा जम्मा १ हजार ५९ रहेको छ । पुरुष ९ सय ९ सय ५२ छन् भने महिला १ सय ७ रहेका छन् ।